आँधिखोला बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को आंगिक शिक्षालय हो। जहाँ शिक्षा देशको आर्थिक विकासको आधार हो, त्यहाँ प्राविधिक शिक्षा मुख्य आधार हो । २०७५ मा स्थापना भएको आँधिखोला बहुप्राविधिक शिक्षालय स्याङ्जाको वालिङ नगरपालिका–१३ मा अवस्थित छ । प्राविधिक शिक्षा र व्यावसायिक तालिम कार्यक्रममार्फत स्याङ्जा जिल्लाका आसपासका क्षेत्रबाट श्रम बजारमा प्रवेश गर्ने नेपाली युवाको सीप विकास गर्ने उद्देश्यले यस शिक्षालय स्थापना गरिएको हो । स्याङ्जा जिल्लाका सम्पुर्ण स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रममा आधारित अल्पकालीन (३९० घन्टा) तालिम कार्यक्रमबाट सुरु भएको शिक्षालयमा तीन वर्षे डिप्लोमा इन सूचना प्रविधि (Diploma in Information Technology) र डिप्लोमा इन सिभिल इन्जिनियरिङ( Diploma In Civil Engineering) कार्यक्रमहरु सञ्चालन भइरहेका छन । । स्थानीय मागमा आधारित अन्य अल्पकालीन र दीर्घकालीन कार्यक्रमहरू भविष्यमा थपिनेछन्। आगामी पुस्ताका लागि वातावरण संरक्षण र शैक्षिक गतिविधिमा सूचना प्रविधिको प्रयोग वर्तमान पुस्ताका चुनौती हुन् । यी चुनौतीहरूलाई अवसरमा परिणत गर्न शिक्षण र सिकाइ गतिविधिहरूमा प्रविधिको पूर्ण उपयोग गर्नु हाम्रो विशेषता हो।