शिक्षालय प्रमुखको भनाईः

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को आँगिक सँस्था आँधिखोला बहुप्राविधिक शिक्षालयमा यहाँहरुलाई स्वागत गर्न पाउँदा हर्षित छु ।
शिक्षा देशको आर्थिक विकासको आधार हो भने प्राविधिक शिक्षा मूख्य आधार । यो शिक्षालयको स्थापना स्याङ्जा जिल्ला आसपासका क्षेत्रबाट वर्षेनि श्रम बजारमा प्रवेस गर्ने नेपाली युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमका माध्यमबाट सीप विकास गराई समग्र राष्ट्रकै आर्थिक उन्नतिमा थोरै भएपनि भूमिका खेल्ने हेतुले वालिङ न.पा. – १३ मा वि.सं. २०७५ मा भएको हो ।
स्याङ्जा जिल्लाका पाँचवटा स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का पाठ्यक्रममा आधारित छोटो अबधी (३९० घण्टा)का तालीम कार्यक्रम सञ्चालन गरेर शुरु भएको यो शिक्षालयमा हाल तीन वर्षे डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी (सूचना प्रविधि) कार्यक्रम सञ्चालन भइरहेको छ । स्थानीय मागका आधारमा भविष्यमा छोटो र लामो अवधिका अरु अरु कार्यक्रमहरु थपिने छन् ।

भोलीको पुस्तालाई पर्यावरण जोगाएर राख्नु र शैक्षिक गतिविधीमा सूचना प्रविधिको प्रयोग अहिलेको पुस्ताको चुनौती हुन् । यी चुनौतीलाई अवसरको रुपमा बदल्न सिकाईमा प्रविधिको भरपूर प्रयोग गर्नु हाम्रो विशेषता हो ।

तसर्थ यस शिक्षालयको होस्टेमा हैंसे मिलाई उद्देष्य हासिल गर्न सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

ई. नविन किशोर गैह्रे